नवप्रतिभा सहकारी संस्था लालीको होलीबाट ४८ हजार संकलन, भाडाकुडा खरिद गर्ने तयारी

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ लालीमा गठित नवप्रतिभा महिला बचत तथा रिण सहकारी संस्था लालीको होलीबाट ४८ हजार बढी रकम संकलन भएको छ । सहकारी सदस्यहरुले खेलेको होलीबाट कुल ४८ हजार ३८० संकलन भएको सहकारी संस्थाका अध्यक्ष हरिना बिष्ट ठगुन्नाले जानकारी दिनुभयो ।

होलीबाट उठेको रकमबाट १० हजारजति भोज लगायत अन्य खर्च व्यवस्थापन गरेर बाँकी पैसा बचाउने र बचेको पैसाबाट सामाजमा हुने बिहे, ब्रतबन्ध, पुजा आदि सामाजिक गतिविधिमा प्रयोग गर्न आवश्यक भाडाकुडा खरिद गर्ने तयारी रहेको उहाँले बताउनुभयो । सहकारी संस्थाको बैठकबसी आवश्यक भाडाकुडा लगायत सामाग्री खरिदको निर्णय गरिने उहाँको भनाई छ।

यसअघि पनि होली खेलेर संकलन भएको रकम सहकारी व्यवस्थापनका लागि खर्च गर्दै आएको र यो वर्ष भाडाकुडा खरिद गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?