दार्चुला । दार्चुलामा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ धौलाढुगामा ट्याक्टर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गोकुलेश्वरबाट नौगाड गाउँपालिकाको भित्रि सडक खण्डमा सिमेन्ट बोकेर सिप्टी जादै गरेको सुपप्र ०१–००२ त ६०४८ नम्बरको ट्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको हो ।
ट्याक्टर चालक बैतडीको डिलाशैनी गाउँपालिका–२ गन्नाका २० वर्षीय नरेन्द्र राना सकुशल रहेका छन् । ट्याक्टर सडकबाट करिब ५÷६ सय मिटर तल खसेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया