तीन प्रदेशमा बिहानैदेखि वर्षा, सुदूरपश्चिम र कर्णालीका उच्च भूभागमा हिमपातको सम्भावना

दार्चुला । नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा सामान्य वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक९दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रहने छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?