शैल्यशिखर नगरपालिकामा गालिगलौज तथा कर्मचारीमाथि हातपात गर्ने एक जना पक्राउ

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा गालिगलौज तथा कर्मचारीमाथि हातपात गर्ने एक जना पक्राउ परेका छन् ।

मदिरा सेवन गरि नगरपालिका कार्यालयमा आएर कर्मचारी र जनप्रतिनिधिमाथि असभ्य भाषा प्रयोग गर्ने र लेखापाल शेरसिंह बिष्टमाथि हातपात गर्ने शैल्यशिखर नगरपालिका-९ नक्तडका धनसिंह बिष्ट पक्राउ परेका हुन् । बिष्टले लेखा शाखामा केही कागजात समेत च्यातेको बताइएको छ ।

नगरपालिका कार्यालयबाट प्रहरी निरीक्षक मान सिंह ऐरीको कमान्डको खटिएको टोलीले बिष्टलाई पक्राउ गरेको हो । घटनास्थलको मुचुल्का बनाउने र बिष्टमाथि अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक मानसिंह ऐरीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?