त्रिशूलीमा ट्याक्सी खस्यो, पाँचजनाको मृत्यु

दार्चुूला । मुग्लिननजिकै त्रिशूली नदीमा टयाक्सी खस्दा पाँचजनाको मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका९५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक शनिबार बिहान सवा ७ बजे काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक डीएसपी श्रीराम भण्डारीले पाँचजनाको शव फेला परेको जानकारी दिनुभयो। उहाँका अनुसार तीन महिला, एक पुरुष र एक बालकको शव भेटिएको हो। उनीहरूको परिचय खुलेको छैन।

ट्याक्सीमा कति यात्री सवार थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?