दार्चुला । त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैजनाको पहिचान खुलेको छ ।
चितवनको ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाकै सनाखत भएको छ। उक्त दुर्घटनामा एकजना बेपत्ता रहेका चितवन प्रहरीले जनाएको छ ।
मृतक मध्ये ४ जना एकैपरिवारका हुन् । उनीहरु सबै गोरखा घर भएका र ४ जना एकैपरिवारका रहेको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । १८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा हराइरहेका छन् ।
भने ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
ट्याक्सीमा सवार ५ जनाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको टोली खटिएको छ ।
बेपत्ता भएका १८ वर्षीय दिवश रोकाय भने हालसम्म फेला नपरेका प्रहरीले जनाएको छ। उनको खोजी कार्य भइरहेको जनाइएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया