भारतमा त्रिकोणात्मक टी-२० सिरिजमा नेपालको लगातार दोस्रो जीत

दार्चुला । भारतमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । नेपालले मंगलबार भएको खेलमा भारतीय स्टेट टीम बरोडालाई २७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडा २० ओभरमा १२९ मा समेटिएको हो । बरोडाका लागि भानु पानियाले ३८ र बाबा खानले २७ रन बनाए पनि जीत निकाल्न सकेनन् ।

नेपालको जीतमा करण केसीले ३, सोमपाल कामी र अविनाश बोहोराले २/२, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अविजित ४० रनको सर्वाधिक इनिङ खेले ।

बरोडाका लागि बाबा खानले २, परीक्षित पतिडर र मोहित मोङ्गियाले समान १/१ विकेट लिए ।

नेपालले तेस्रो खेल भोलि गुजरातसँग खेल्नेछ । पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?