दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते महिलाको मृत्यु

दार्चुला । दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएकी उनको बर्निङ अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ।

गत शुक्रवार दिउँसो घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट उनलाई लागेको थियो।

यस्तै करेन्ट लागेर गम्भीर घाइते भएकी कुमारी तितराको मृत्यु भएपछि क्षतिपूर्तीको माग गर्दै स्थानीयहरुले गोकुलेश्वर –गण्न्ना सडक अवरुद्ध गरेका छन् ।

करेन्ट लागेर गम्भीर घाइते भएकी दार्चुलाको शैल्यशिखर १ बारिलकी ५५ बर्षीया कुमारी तितराको उपचारका क्रममा मंगलबार राति मृत्यु भएपछि मृतकका आफन्त र स्थानीय आज आन्दोलित भएका हुन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?