दार्चुला । करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका छन् । गत शुक्रवार दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारिलमा बाख्रा चराउने क्रममा घाइते भएकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा मृत्यु भएको हो ।
उनको मृत्युपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै गोकुलेश्वर–गन्ना सडक अवरुद्ध गरेका छन् ।
भुईँमा लत्रिएको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएकी तितराको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधवार बिहान निधन भएको हो ।
उचित क्षतिपूर्ति प्राप्त नहुदासम्म आन्दोलन जारी रहने पीडित पक्षको भनाइ छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया