विश्वको प्रदूषित शहरमध्ये काठमाडौं तेस्रोमा

दार्चुला । विश्वका सबैभन्दा बढी प्रदूषित शहर मध्ये काठमाडौं तीन नम्बरमा परेको छ। विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदूषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी काठमाडौंको वायु प्रदूषण विश्वकै पहिलो प्नदूषित शहरमा पुगेको थियो।

यसअघि पनि काठमाडौं विश्वको प्रदूषित शहरको पहिलो सूचीमा पुगेको थियो। यतिखेर विश्वकै प्रदूषित शहरको पहिलो भारतको नयाँदिल्ली रहेको छ भने दोस्रो थाइलाइन्ड रहेको छ। चौथोमा मलेसियाको कोलाम्पुर शहर रहेको छ। पाचौँमा बंगलादेशको राजधानी ढाका रहेको छ।

काठमाडौंमा प्रदूषणका बढ्न थालेसँगै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन्। मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबार वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?