दार्चुला । नेपाली बजारमा सुनको भाउले फेरी नयाँ रेकर्ड बनाएको छ। आज सुनको भाउ १०० रुपैयाँले बढेको हो। सोमबार छापावाला सुन तोलामा १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार छापावाला सुन तोलामा १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। भने तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया