बैतडीको पुर्चौडीमा एक महिला मृत फेला

दार्चुला । बैतडीको पुर्चौडीमा एक महिला मृत फेला परेकी छिन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ४ भटना ओखडानीकी अन्दाजी २० वर्षिया रेखा भट्ट बुधवार मृत अवस्थामा फेला परेकी हुन् ।

पारिवारिक स्रोतका अनुसार यहि चैत्र २६ गते दिउँसो खाना खाएर घरबाट निस्केकी रेखा तीन दिन देखि सम्पर्क विहिन थिइन् । उनी बुधवार वडाकै रानीवनमा मृत फेला परेकी वडा नम्बर ४ का वडा अध्यक्ष दिल बहादुर धानुकले जानकारी दिनुभयो । उनको गत वर्ष मात्रै बिहे भएको थियो ।

उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका बताइएको छ ।  घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?