कैलालीमा कार्यरत पत्रकार पहराइ जङ्गलमा मृत फेला

दार्चुला । कैलालीको घोडाघोडी नगरपालिकामा एक सञ्चारकर्मी मृत अवस्थामा फेला पर्नुभएकाे छ ।

रेडियो कैलाली एफ‍.एममा समाचार वाचिका पदमा कार्यरत अन्दाजी २३ बर्षीया निर्मला पहराइ घोडाघोडी नगरपालिका वडा नम्बर ५ को जङ्गलमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

‘जङ्गलमा मृत शव फेला परेको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले भन्नुभयाे,’घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’

‘पहराइ २१ गतेबाट सम्पर्क विहीन हुनुहुन्थ्याे । प्रहरी नायव उपरीक्षक बोहराले भन्नुभयाे, बिहीबार साँझ मात्रै प्रहरीमा खबर आयो । खोजी गर्ने क्रममा आफन्त र प्रहरीको टोलीले उहाँको शव जङ्गलमा फेला पारेको हो ।

’मृत्युको कारण भने नखुलेको र घटनाबारे अनुसन्धान भइरहेकेा उहाँले बताउनुभयाे ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?