दार्चुला । अखिल नेपाल महिला संघ दार्चुलाको पाचौँ जिल्ला सम्मेलन वैशाख २० गते गर्ने निर्णय गरिएको छ । अनेम संघ दार्चुलाको पाचौँ जिल्ला सम्मेलन आयोजक कमिटीको बैठकले वैशाख २० गते सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।
नेकपा (एमाले) को महिला संगठन अनेम संघ दार्चुलाका संयोजक मावधी जोशीको अध्यक्षता तथा अनेम संघ प्रदेश कमिटी सचिवालय सदस्य शान्ति बोहरा धामीको विशेष उपस्थितिमा बुधबार खलंगामा बसेको बैठकले दार्चुलाका नौँ वटै पालिकाका ६१ वटै वडाबाट प्रतिनिधि छनोट गरी वैशाख २० गते जिल्ला सम्मेलन आयोजना गर्ने निर्णय गरिएको अनेम संघ जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार समिति संयोजक बालकुमारी बोहराले जानकारी दिनुभयो ।
सम्मेलन सफल पार्न सहयोग गर्नका लागि सबैलाई अनुरोध गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया