दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ६ सुकेखोलामा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको समन्वयमा उक्त क्षेत्रमा प्रहरी पोष्ट स्थापना गरिएको हो ।
नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीको अध्यक्षतामा आयोजित प्रहरी पोष्ट उद्धघाटन कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति (एसपी) हर्कराज पन्त, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख (डिएसपी) शिव वहादुर सिंह, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय नागरिक लगायतको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
नौगाड गाउँपालिकाले विगतदेखि नै उक्त स्थानमा प्रहरी पोष्ट आवश्यक रहेको भन्दै माग गर्दै आएको थियो । जिल्ला सुरक्षा समितिको सिफरिसमा गृह मन्त्रालयबाट अनुमति प्राप्त भएसंगै प्रहरी पोष्ट स्थापना गरिएको बताइएको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया