दार्चुला । इन्जिनियर्स एसोसिएसन (डिन) को ४४ औं स्थापना दिवसको अवसरमा डिन जिल्ला कार्य समिति दार्चुलाले शैल्यशिखर नगरपालिकाको ओम शान्ती बृद्धाआश्रम तथा गोकुलेश्वर अस्पतालमा उपचाररत बिरामीहरुलाई खाद्यान्न, झुल तथा फलफूल वितरण गरिएको छ ।
सस्तो सुलभ र बैज्ञानिक प्रविधिको विकास गरौं भन्ने नाराका साथ डिन जिल्ला कार्य समिति दार्चुलाले आज ४४ औं स्थापना दिवस मनाएको जिल्ला अध्यक्ष सुनिल रावलले जानकारी दिनुभयो ।
डिन दार्चुलाका अध्यक्ष सुनिल रावल, डिनका प्रदेश सचिव सुमेरु विक्रम धामी लगायत सरोकारवालाहरुको उपस्थितिमा बृद्धाआश्रममा खाद्यान्न, फलफुल र गर्मी याममा लामखुट्टेको टोकाइवाट बच्न झुलहरु बितरण गरिएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया