लेकमको चौपातामा वैज्ञानिक प्रतिभा पहिचान कार्यक्रमः छात्रामा धरमघर र छात्रमा तेलिगाउँ प्रथम

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले आयोजना गरेको अध्यक्ष वैज्ञानिक प्रतिभा पहिचान कार्यक्रम लेकमकै वडा नम्बर ५ स्थित लटिनाथ नमुना मावि चौपातामा सम्पन्न भएको छ । लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख केशव राज ओझाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण दत्त भट्ट, वडा नम्बर १ र ५ का वडा अध्यक्षहरु, वडासदस्यहरु, शाखागत कर्मचारीहरु, लटिनाथ नमुना माविका प्रद्यानाध्यापक केशब राज बिष्ट, हुनैनाथ मावि रातामाटाका प्रद्यानाध्यापक श्यामराज जोशी, हुनैनाथ मावि कुणीका सहायक प्रधानाध्यापक दुर्गादत्त जोशी, पत्रकार, स्थानीय शिक्षाप्रेमी लगायत सरोकारवालाहरुको आथित्यता रहेको थियो । जिल्लास्तरीय वैज्ञानिक प्रतिभा पहिचान कार्यक्रममा लेकम गाउँपालिका अन्तरगत लटिनाथ नमुना मावि चौपाता, हुनैनाथ मावि कुणी, हुनैनाथ मावि रातामाटा, कृष्ण मावि लाली, वडिपुर मावि सर्मोली, गल्लाकेदार मावि खरकडा, केदारनाथ मावि धरमघर, मालिकार्जुन मावि तेलिगाउँ र ऐडिवाग मावि मैखोली गरि पालिकाभित्रका ९ तथा महाकाली नगरपालिका अन्तरगत महेन्द्र नमुना मावि खंलगा गरि जम्मा १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागि विद्यार्थीहरुले आ–आफनो वैज्ञानिक कला प्रदर्शन गरेका थिए । जसमध्ये छात्रा तर्फ केदारनाथ मावि धरमघर प्रथम, लटिनाथ नमुना मावि चौपाता द्वितीय, वडिपुर मावि सर्मोली तृतीय र हुनैनाथ मावि रातामाटाले सात्वना स्थान हासिल गरेका छन् । यस्तै छात्रतर्फ मालिकार्जुन मावि तेलिगाउँ प्रथम, लटिनाथ नमुना मावि चौपाता द्वितीय, महेन्द्र नमुना मावि खंलगाले तृतीय र हुनैनाथ मावि रातामाटाले सात्वना स्थान पाप्त गरेको कार्यक्रम सञ्चालक एंव लेकम गाउँपालिकाका श्रोत व्यक्ति मोहन देब बिष्टले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागिहरुको मुल्याकंन गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेका उप–प्राध्यापक रमेशराज जोशी र कृषि क्याम्पस गोकुलेश्वरका प्राध्यापक प्रमानन्द जोशीले गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?