दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेट निर्माणको पूर्वसन्ध्यामा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमका सहभागिहरुले चालु खर्च कटौती गरेर पुजिगत बजेट बढाउनुपर्ने, नीति अनुसार बजेट ल्याउनुपर्ने, सबै क्षेत्रलाई सम्बोधन हुने गरी आवश्यकताको आधारमा योजनाहरुको प्राथमिकिकरण गरिनुपर्ने, विकासमा जनसहभागिता बढाउनुपर्ने लगायत सुझाब प्राप्त भएका छन् । यस्तै नगरपालिकाभित्र बसपार्क निर्माण र फोहोर व्यवस्थापनका लागि तत्काल काम गर्नुपर्ने लगायत विकास निर्माणका बारेमा सुझाबहरु प्राप्त भएका छन् । शिक्षक, कर्मचारीले समयमै तलब पाउनुपर्ने, आयमुलक स्वरोजगारीको क्षेत्रमा लगानी गर्नुपर्ने, एकीकृत सम्पत्ती करण लागु हुनुपर्ने, शैल्यमालिकार्जुन लगायत धार्मिक क्षेत्रको प्रवद्र्धन र चमेलिया नदीको स्वच्छताका लागि काम गर्नुपर्ने, धार्मिक करिडोर निर्माण गरिनुपर्ने, खेलमैदान निर्माण हुनुपर्ने विद्यालय अनुगमन र अभिभावक शिक्षामा जोड दिनुपर्ने, बजारमा सिसिटिभि जडान गरिनुपर्ने, वन संरक्षणमा ध्यान दिनुपर्ने लगायत सुझाब प्राप्त भएका छन् ।

अन्तरक्रिया कार्यक्रममा सहभागिले दिएका महत्तपूर्ण सुझाबलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेटमा समेट्ने नगरप्रमुख विजयसिंह धामीले प्रतिवद्धता व्यक्त गर्नुभयो । विकासका लागि सबैको सहयोग र हातेमालो आवश्यक रहेको नगरप्रमुख धामीको भनाई छ । समृद्ध शैल्यशिखर, सुखी शैल्यशिखरबासीको अभियान सफल पार्नतर्फ आफुहरुको ध्यान जाने उहाँले बताउनुभयो । सबैलाई समेट्न खोज्दा भार बढ्दै गएकोले नगरपालिकाको समस्या र सीमालाई समेत नगरबासीले बुझिदिनुपर्ने उहाँको भनाई छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले नगरपालिका जनताको घर आँगनको सरकार भएकोले माग र गुनासा बढी आउनुु स्वभाविक रहेको धारणा राख्नुभयो । कार्यक्रममा सहभागि भएर महत्तपूर्ण सुझाब दिने सबैलाई धन्यबाद व्यक्त गर्दै उहाँले बजेटको सीमा भित्र रहेर सुझाब अनुसार नीति, कार्यक्रम तयार गरिने उहाँको भनाई छ । नगरपालिकाले ५ बर्षे आवधिक योजना बनाइरहेकोले आयमुलक र दिर्घकालिन महत्तका योजनाहरुलाई नीति, कार्यक्रम र बजेटमा प्राथमिकतामा राखिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?