दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा विहिबार (आज) अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरिएको छ । गोकुलेश्वरमा आयोजित १५ औँ नगरसभामा नगरप्रमुख विजयसिंह धामीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम आवश्यक छलफलपछि सुझाबहरु समेत समेटेर पास गरिएको शैल्यशिखर नगरपालिकाका सूचना अधिकारी मनोरथ जोशीले बताउनुभयो ।
यस्तै आजकै नगरसभामा नगर उपप्रमुख शान्ति खडायतले अगामी आर्थिक वर्षको बजेट बक्तब्य, आर्थिक र विनियोजन ऐन प्रस्तुत गर्नुभएको छ । आर्थिक ऐन अनुमोदन भइसकेको र बजेट तथा विनियोजन ऐन माथि छलफल जारी रहेको बताइएको छ । शैल्यशिखरमा कुल ६० करोड ७४ लाख ४ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । जसमध्ये चालुतर्फ ४६ करोड ४६ लाख ९३ हजार ५०६ र पुजिगततर्फ १४ करोड २७ लाख १० हजार ४९४ बजेट रहेको छ ।
संघीय सरकार र प्रदेश सरकारबाट विभिन्न शिर्षकमा प्राप्त अनुदान र आन्तरिक स्रोतलाई समेत जोडेर आय र व्ययको अनुमान पेस गरिएको बताइएको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




