दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका तीन वडामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८०।०८१ को अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम विहिबार वडा नम्बर ३ मा सम्पन्न भएकोमा शुक्रबार ९आज० वडा नम्बर ५ र ६ मा सम्पन्न भएको छ ।
लेकम गाउँपालिकाको आयोजना तथा मालिकार्जुन सामुदायिक संस्थाद्धारा सञ्चालित रेडियो लोकर्दपणको सहजिकरणमा कार्यक्रम सञ्चालन भइरहेको हो । वडा नम्बर ५ मा वडा अध्यक्ष बल्देब सिंह बोहराको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सचिव, वडा सदस्यहरू, लटिनाथ नमुना मावि चौपाताका सहायक प्रद्यानाध्यापक महेश राज जोशी, मावि संयोजक राजेन्द्र सिंह खत्री, ईलाका प्रहरी कार्यालय चौपाताका प्रमुख नन्दराज बडू, स्थानीय, वुद्दिजीवी, उपभोक्ता समितिका पदाधिकारीहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
वडाको बार्षिक प्रतिवेदन अनुसार वडा नम्बर ५ मा कुल २६ लाख रकम सहित सम्झौता भएका १२ वटा योजनाहरु सम्पन्न भई भुक्तानी भईसकेको र १ योजना कार्यान्वयन नभएको वडा सचिव दिपक धामीले बताउनुभयो । यस्तै वडाभित्र ५५ महिला तथा ५८ पुरुष गरी ११३ जनाले जन्मदर्ता, ६ जना महिला र २२ जना पुरुष गरी २८ जनाको मृत्युदर्ता, ३१ जोडी विवाह दर्ता, १० जना महिला र १३ जना पुरुष गरी २३ जनाले बसाइँसराइ गरेको वडा सचिव धामीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रमको खुल्ला छलफल शत्रमा वडा कार्यालयले सेवाग्राहीको सहजताको लागि निःशुल्क रुपमा फोटोकपीको व्यवस्था गरेकोमा धन्यवाद ज्ञापन गर्दै अगामी दिनमा थप जिम्मेवार बनोस भन्दै शुभकामना व्यक्त गरिएको छ । वडाभित्र सम्झौता भई काम गर्न बाकीँ रहेको योजनालाई समेत कायान्वयनको चरणमा लाग्नुपर्ने लगायतका सुझावहरु प्राप्त भएका छन् ।
प्राप्त सुझावहरु ग्रहण गर्दै वडा अध्यक्ष वल्देब सिंह बोहराले वडावासीको हकहितको लागि २४ सैं घण्टा तत्पर रहने प्रतिवद्वता जनाउदै वडाबाट सम्झौता भई काम हुन बाकीँ रहेको योजना उपर वडामा छलफल गरी कार्यान्वयनको प्रकियामा लैजाने बताउनुभयो ।
यस्तै वडा नम्बर ६ मा वडाअध्यक्ष हरी बहादुर साउँदको अध्यक्षतामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा सचिव महेश जोशी, वडा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधि, स्थानीय लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
वडा सचिव महेश जोशीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार वडा नम्बर ६ भित्र ७९ महिला र ६६ पुरुष गरी १४४ जना जेष्ठ नागरिक, ११ जना महिला र ९ जना पुरुष गरी २० जना दलित जेष्ठ नागरिक, ४ जना महिला र ३ जना पुरुष गरी ७ जना अंपाग, २४ जना एकल महिला, ४७ जना विधवा महिला रहेको छन् । यस्तै चालु आर्थिक बर्षमा कुल १५ योजनाको लागि २६ लाख बजेट रहेको र जसमध्ये सबैको काम सम्पन्न भई २ योजना भुक्तानी हुन बाकीँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रमको खुल्ला छलफल शत्रमा शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने, वडाभरी खानेपानी समस्या रहेको, विद्यालयहरूमा घेरपर्खाल आवश्यक रहेको, विद्युत कार्यालयको चरम लापरवाहीका कारण सास्ती भोग्नुपरेको, बाटोघाटोहरु व्यवस्थित गर्नुपर्ने, सोलिङ गरिएका बाटाहरू पीसीसी बनाउनुपर्ने, वडाको छुट्टै सम्पर्क नम्बर राख्नुपर्ने लगायतका सुझाब तथा गुनासो प्राप्त भएका छन् ।
प्राप्त सुझावहरुलाई सम्बोधन गर्दै वडा अध्यक्ष साउँदले वडास्तरबाट हुने कामहरु आवश्यकता र प्राथमिकताको आधारमा निरन्तर गर्ने प्रतिवद्धता जनाउदै वडाको बजेटले सम्बोधन गर्न सम्भव नभएका समस्याहरु गाउँपालिका तथा अन्य निकायहरुमा पेश गरी समस्या समाधानको पहल गर्ने बताउनुभयो ।
यस्तै असार २५ गते वडा नम्बर १ सर्मोली, २६ गते वडा नम्बर २ कुणी, २७ गते वडा नम्बर ४ खरकडामा र ३० गते लेकम गाउँपालिकाको कार्यालय रातामाटामा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया