मधेश प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

दार्चुला । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गर्नुभएको छ । गएको जेठ २५ गते मुख्यमन्त्रीको शपथ लिनुभएका जनमत पार्टीका सिंहले आज प्रदेश सभामा विश्वासको मत लिनुभएको हो ।

प्रदेश सभामा उपस्थित एक सय एक जना सांसदमध्ये मुख्यमन्त्री सिंहको पक्षमा ६७ मत र विपक्षमा ३४ मत परेको छ ।

मुख्यमन्त्री सिंहलाई जनमतसहित नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका हुन् । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी)र नेपाल सङ्घीय समाजवादी पार्टीका सांसदहरूले भने विपक्षमा मतदान गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?