दार्चुला । देशैभरि लगातार परिरहेको झरी भोलिदेखि कम हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज दिउँसो विशेष मौसम बुलेटिन निकालेर भोलिदेखि क्रमिक रूपमा वर्षाको मात्रा कम हुँदै जाने जानकारी गराएको हो । मनसुनी न्यून चापीय रेखा भोलिदेखि दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने महाशाखाको सूचनामा उल्लेख छ ।
यद्यपि सोमबारदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको जनाइको छ ।
महाशाखाका अनुसार मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया