दार्चुला । महिला एशिया कपका लागि खेलेको पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग नेपाली महिला क्रिकेट टोली ३३ रनले पराजित भएको छ। आज भएको खेलमा नेपालले जितका लागि ११९ रनको लक्ष्य पाएको थियो।
नवौँ संस्करणको एसीसी महिला एशिया कपमा सहभागी हुन श्रीलंका पुगेको नेपाली महिला क्रिकेट टोलीलाई श्रीलंका डेभलपमेन्ट ११ ले जितका लागि ११९ रनको चुनौती दिएको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको घरेलु श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाउँदै नेपाललाई जितका लागि ११९को लक्ष्य दिएको थियो।
नवौँ संस्करणको एशिया कप प्रतियोगिता शुरु हुनुअघि नेपालले ३ अभ्यास खेल खेल्नेछ।
एशिया कप आगामी साउन ४ गतेदेखि १३ गते (जुलाई १९ देखि २८) सम्म श्रीलंकामा हुँदै छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया