दार्चुला । अविरल वर्षासँगै पोखरामा गएराति पहिरो जाँदा एकै परिवारका सातसहित ९ जनाको मृत्यु भएको छ। दुईजना सम्पर्कविहीन छन्।
जिल्लाको पोखरा महानगरपालिका १९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा उनीसहित सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताउनुभयो ।
पहिरोमा पुरिँएर कुलबहादुरकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको ज्यान गएको हो। दुईजनाको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।
यसैगरी पोखरा ३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुर्दा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ। ११ वर्षीया अनुस्का ओझा बेपत्ता छन्। मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि पहिरोेमा परी बेपत्ता भएको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पहिरोमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया