दार्चुला । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसंगै दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ लिएपछि पदभार ग्रहण गरिसकेका छन् । पद तथा गोपनीयताको शपथ लिएलगत्तै सोमबार प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको हो । प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट १०, नेकपा एमालेबाट ८ , जसपाबाट २ र लोसपाबाट १ जना मन्त्री बनेका छन्।

नेपाली कांग्रेसले एक उपप्रधानसहित १० जना मन्त्री पाएको हो । प्रकाशमान सिंह उपप्रधानसहित सहरी विकास मन्त्री बन्नुभएको छ । रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या, बद्री प्रसाद पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डडयन, अजय चौरासिया कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्नुभएको छ । दिपक खड्का उर्जा जलस्रोत तथा सिंचाइ, तेजुलाल चौधरी युवा तथा खेलकुद, रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकास र ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री नियुक्त हुनुभएको छ ।

यसैगरी एमालेबाट एक उपप्रधानसहित ८ जना मन्त्री बनेका छन्। विष्णु पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री बन्नुभएको छ । पृथ्वी सुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि, विद्या भट्टराई शिक्षा विज्ञान तथा प्रविधि, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, मानवीर राई रक्षा, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नुभएको छ । एमालेले भण्डारी र अधिकारीलाई पहिलेकै मन्त्रालयको जिम्मेवारी दिएको हो।

लोकतान्त्रिक समाजवादी पार्टीबाट शरद सिंह भण्डारीले श्रम रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । ओली नेतृत्वको सरकारमा जनता समाजवादी पार्टीबाट दुईजनाले मन्त्री बन्ने मौका पाएका छन्। प्रदीप यादव खानेपानी मन्त्री र नवल किशोर साह (सूडी) महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्नुभएको छ । यादव यसअघि पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या हुनुहुन्थ्यो । गत बैशाख २३ गते जसपा नेपाल फुटेर जसपा बनेपछि यहाँ स्वास्थ्यमन्त्री बन्नुभएको थियो ।

चौथो पटक प्रधानमन्त्रीको शपथ लिनुभएका केपी शर्मा ओली नेतृत्वको सरकारमा १० नयाँ अनुहार अटाएका छन् । प्रधानमन्त्री ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल धेरै पटक दोहोरिए पनि यसपटक मन्त्रीमा नयाँलाई पनि उल्लेख्य अवसर दिइएको छ । २२ सदस्यीय मन्त्रिपरिषद्‍मा १२ पुराना हुँदा १० जनाले अवसर पाएका हुन् । कांग्रेसले ६ जनालाई पहिलो पटक अवसर दिँदा एमालेले चार जना नयाँलाई पठाएको छ ।

कांग्रेसबाट परराष्ट्र आरजु राणा, पर्यटन बद्री पाण्डे, स्वास्थ्य प्रदीप पौडेल, कृषि रामनाथ अधिकारी, वन ऐनबहादुर शाही, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको सरकारमा पहिलो इन्ट्री हो । यस्तै, एमालेबाट सरकारमा गएका मानवीर राई रक्षा, विद्या भट्टराई शिक्षा, देवेन्द्र दाहाल भौतिक र राजकुमार गुप्ता संघीय मामिला गरी ४ जना नयाँ मन्त्री पठाएको छ । जसपा र लोसपाका भने दोहोरिएका छन् ।

null

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?