दार्चुला । जिल्ला भन्सार कार्यालय दार्चुलाले गत आर्थिक वर्ष २०८०।८१ मा ५९ लाख २९ हजार ९३५ रुपैयाँ राजस्व तथा भन्सार संकलन गरेको छ । भन्सार कार्यालयले वर्षभरीमा ५० लाख ७० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको हो । वार्षिक लक्ष्यभन्दा ८ लाख ५९ हजार ९३५ बढी अर्थात कुल ५९ लाख २९ हजार ९३५ रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला भन्सार कार्यालय दार्चुलाका कार्यालय प्रमुख शिवचन्द्र प्रशादले बताउनुभयो ।
उहाँका अनुसार भन्सार महसुल आयाततर्फ ४३ लाख ६१ हजार ५३१ रुपैयाँ, निर्याततर्फ ६ लाख ७२ हजार रुपैयाँ, निर्यात सेवा सुल्क ६७८ रुपैयाँ, भन्सार सम्बन्धि अन्य आयवाफत १ लाख ३० हजार २५१ रुपैयाँ, अन्तः शुल्क आयातवाफत १ लाख ३९ हजार १९० रुपैयाँ र मूल्य अभिबृद्धि कर भ्याटतर्फ ६ लाख २६ हजार २८५ रुपैयाँ राजस्व संकलन गरिएको छ ।
कार्यालयका अनुसार वैशाख महिनामा बर्षकै सबैभन्दा बढी ८ लाख १३ हजार ७९३ रुपैयाँ राजस्व संकलन गरिएको छ । यस्तै जेठमा ६ लाख ८४ हजार ५५० रुपैयाँ, असारमा ५ लाख २० हजार २ सय रुपैयाँ राजस्व संकलन गरिएको छ । साउनमा ६ लाख ७० हजार ४८१ रुपैयाँ, भदौमा ४ लाख ६ हजार ७१ रुपैयाँ, असोजमा ४ लाख ४९ हजार १६८ रुपैयाँ, कार्तिकमा ४ लाख १३ हजार २०१ रुपैयाँ राजस्व संकलन गरिएको उहाँले बताउनुभयो ।
यस्तै मंसिर महिनामा ३ लाख ६८ हजार ९३ रुपैयाँ, पुषमा ३ लाख २७ हजार ४८० रुपैयाँ, माघ महिनामा २ लाख ७२ हजार ३५८ रुपैयाँ, फाल्गुनमा ४ लाख ५३ हजार ९१२ रुपैयाँ र चैत्र महिनामा ५ लाख ५० हजार ६२८ रुपैयाँ राजस्व संकलन गरिएको कार्यालय प्रमुख शिवचन्द्र प्रशादले बताउनुभयो । समग्रमा राजस्व संकलन वार्षिक लक्ष्यभन्दा १६.९६ प्रतिशत बढी भएको भन्सार कार्यालयले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया