दुर्गादत्त मिश्र, दार्चुला । भर्ना छनोट कार्यालय जङ्गी अड्डा, भर्ना छनोट केन्द्रले बैशाख ७ गते खोलेको सैन्य पदपुर्तीको सूचनाअनुसार दार्चुलाबाट रितपुर्वक आवेदन दिएका आवेदकहरुको लिखित परीक्षा यहि साउन १९ गते बिहान १० बजेबाट महेन्द्र नमुना मावि खंलगामा सञ्चालन हुने भएको छ ।
जेठ २२ गतेबाट ३० गतेसम्म भएको भौतिक परीक्षा तथा परीक्षणमा पास भएका २२९ जना आवेदकहरुको लिखित परीक्षा साउन १९ गते सञ्चालन गरिने गुरु गोरख गुल्म दार्चुलाका सेनानी वुद्ध देवकोटाले जानकारी दिनुभयो ।
कुल ५० जनाको सिट संख्या रहेकोमा २२९ जना फिजिकलमा पास भइ लिखित परीक्षामा सहभागि हुन पाउने भएका छन् । लिखित परीक्षामा पास हुने आवेदकहरुको त्यसपछि अन्तरवार्ता र मेडिकल परीक्षा सञ्चालन हुनेछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया