अपिको फेदमा मार्मास्थित अपर चमेलियाबाट अपि स्प्रिङ नेचुरल वाटर फ्याक्ट्री सञ्चालन

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–२ मा अवस्थित ४० मेगावाटको अपर चमेलिया जलविद्युत गृहबाट अपि स्प्रिङ नेचुरल वाटर उत्पादन सुरु भएको छ । अपिहिमालको फेदबाट बग्ने शुद्ध खानेपानीको प्रशोधित फ्याक्ट्री (अपि स्प्रिङ नेचुरल वाटर) सञ्चालनमा आएको आयोजनाका इन्जिनियर बिष्णु शाहले बताउनुभयो ।

दुई–तीन वर्ष पहिलेदेखि पानी उद्योग सञ्चालन गर्ने योजना बनाएका थियौँ, उहाँले भन्नुभयो, विभिन्न प्रकृया र परीक्षण कार्य सम्पन्न गरेपश्चात २०८१ साउन १ गतेदेखि पानी उद्योग सञ्चालनमा आएको छ । एक करोड बढीका प्रशोधित मेसिनहरु जडान गरेर झण्डै दुई करोड लगानीमा पानी उद्योग सञ्चालन ल्याइएको इन्जिनियर शाहले बताउनुभयो । अपिहिमालको फेदबाट बग्ने पानीको सुरुका भारतका विभिन्न प्रयोगशालाहरुमा परीक्षण गरिएको र उद्योग सञ्चालन गर्न सकिने पुष्टि भएपछि उद्योग सञ्चालनको कानुनी प्रकृया सुरु गरिएको उहाँले बताउनुभयो । पानी उत्पादनको परीक्षणकालमा खाद्य गुणस्तर तथा नापतौल परीक्षण केन्द्रबाट समेत अनुगमन गरिएको र नेपालको प्रयोगशालामा समेत उत्पादित पानी परीक्षण गरिएको बताइएको छ । पानीको नमुना परीक्षण गर्दा पानी उद्योग सञ्चालनका लागि उपयुक्त रहेको निस्कर्षसहित अनुमति तथा लाइसेन्स प्राप्त भइसकेको र एक हप्तादेखि व्यवसायिक उत्पादन सुरु भएको इन्जिनियर शाहले बताउनुभयो ।

अपि स्प्रिङ प्रा.लि. ले सञ्चालनमा ल्याएको अपि स्प्रिङ नेचुरल वाटर बजारमा आउन थालेको स्थानीय महेश महतले बताउनुभयो । अहिलेसम्म जिल्लामा पानी उद्योग सञ्चालन नहुदा तराइका जिल्लाबाट बोरिङको प्रशोधित पानी पिउनुपर्ने बाध्यता थियो, उहाँले भन्नुभयो, अब अपिहिमालको फेदको पवित्र चिसो अनि शुद्ध पानीको प्रयोग गर्न पाइने भएपछि खुसी लागेको छ । चमेलिया नदीको किनारमा पानी उद्योग सञ्चालनमा आएपछि स्थानीयले समेत प्रचारप्रसार थालेका छन् ।

महंगो प्रविधिबाट प्रशोधन गरी अपिहिमाल फेदको पानी व्यवसायिक रुपमा बजारमा आउन थालेको अपर चमेलिया हाइड्रो इन्चार्ज धनबहादुर बिष्टले बताउनुभयो । पानी उद्योग सञ्चालनमा आएसंगै हिमालबाट बग्ने पानीको सदुपयोग हुने र स्थानीय स्तरमा रोजगारी तथा आयआर्जको माध्यमपनि हुने उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?