दार्चुला । दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर तीन जना घाइते भएका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका–७ पन्तलीमा भिरबाट खसेको ढुङ्गा लागेर तीन जना घाइते भएका छन्।
घाइते हुनेमा सोहि ठाउँका ७१ वर्षीय गंगा धामी, १२ वर्षीया इश्वरी धामी र ९ वर्षीय आयुष धामी रहेका छन्। इश्वरी र आयुषको अवस्था सामान्य रहेको र गंगालाई भने थप उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया