दार्चुला । अविरल वर्षाका कारण पहिरो जाँदा रामेछापमा तीन बालिकाको ज्यान गएको छ । गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुमा हिजो पहिरोले बिमन तामाङको घर पुरिँदा १८ वर्षकी सीता तामाङ, १५ वर्षकी आसिका दोङ र १३ वर्षकी लक्ष्मी तामाङको घटनास्थलमै ज्यान गएको हो ।
दिउँसो खेतमा काम गरेर फर्केपछि बेलुका नुहाएर घरमा आराम गरेर बसेको बेला अकस्मात आएको पहिरोले उनीहरूलाई पुरेको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष चन्द्र सुनुवारले जनकारी दिनुभयो । घरको पछाडिपट्टीको कुलेसोतर्फबाट पहिरो झरेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया