अपिहिमालमा क्षेत्तेली भाषाको शब्द संग्रह पुस्तक बिमोचन तथा अगुवा सम्मान कार्यक्रम

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा क्षेत्तेली भाषाको ब्याकरण तथा शब्द संग्रह पुस्तक विमोचन एंव अगुवा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग एंव भाषा आयोग काठमाडौँको संयोजनमा क्षेत्तेली भाषाको ब्याकरण तथा शब्द संग्रह पुस्तक विमोचन एंव अगुवा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

तामाखानी माविका प्रद्यानाध्यापक एबं पुस्तक अध्ययन समुहका संयोजक शेरसिंह धामीको अध्यक्षतामा आयोजित कार्यक्रममा अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका भित्रका बुद्दिजीवी, क्षेत्तेली भाषाका जानकार समाजसेवी, अगुवा लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमबाट क्षेत्तेली भाषाका अगुवा तथा ज्येष्ठ नागरिक तुला सिंह ठेकरे बोहरा, मान सिंह बोहरा, लक्षिमा अट्याल र मनुरी धामीलाई सम्मानित गरिएको छ । क्षेतेली भाषाको शब्द संग्रह पुस्तक, प्राध्यापक दानराज रेग्मी, लालबहादुर बोहरा, कुमारी निर्मला बोहरा, लक्ष्मण सिंह बोहरा र शेरसिंह धामी लगायतको टोलिले निर्माण एंव शब्दयोजन गरेका थिए ।

अपिहिमालको क्षेत्तेली भाषाको संरक्षणको लागि उक्त अभ्यास गरिएको गाउँपालिकले जनाएको छ । सोहि सभाबाट करिव २०० पुस्तकहरु वितरण एंव हस्तान्तरण गरिएको बताइएको छ ।

May be an image of 3 people, hospital and text

May be an image of 5 people and dais

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?