दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ पिपलकोट सार्की टोल घर भई रोजगारको सिलसिलामा भारतको जम्मू कस्मिरमा कार्यरत ३१ वर्षीय लक्ष्मण राम सार्कीको करेन्ट लागेर मृत्यु भएको छ । आज विहान ९ बजे कुखुरा र्फममा विद्युत तारमा हात लाग्दा करेन्ट लागेको र अस्पताल पुर्याउदा मृत्यु भएको खबर प्राप्त भएको स्थानीय नारायण जोशीले बताउनुभयो ।
सार्कीका दाईहरु पनी उतै कार्यरत रहेको र भोली उतै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ । सार्कीको मृत्यु भएपछी परिवार विक्षिप्त बनेको छ । मृतककी श्रीमती र छोरी समेत संगै रहेको बुझिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया