दार्चुला । दार्चुलाको देथला–धुलीगडा-खार-खलंगा सडक अन्तरगत साउन १७ गते रातीको बर्षाले नौगाड गाउँपालिका वडा नम्बर ३ गोगनेमा सडक भत्किदा सवारी आवागमन ठप्प भएको छ । पुर्वाधार कार्यालय बैतडीले उक्त क्षेत्रमा लगाएको पर्खाल साउन १७ गते आएको बर्षाले भत्काएपछी सडक अबरुद्ध बनेको सवारी चालक नविन धामीले जानकारी दिनुभयो ।

गाउँपालिकाले पुर्वाधार कार्यालय बैतडीलाई सूचना गरी उक्त सडक यथाशिध्र सञ्चालनमा ल्याउन आग्रह गरेको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले जानकारी दिनुभयो । गाउँपालिकाका अनुसार पुर्वाधार कार्यालयले केही दिनमै सो सडक सञ्चालन गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो । केहि दिन पहिले पनी सोही सडक खण्डको शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथलामा अवरुद्ध भएको सडक पूर्वाधार कार्यालय बैतडी र नौगाड गाउँपालिकाको पहल तथा आर्थिक लगानी र शैल्यशिखर नगरपालिकाको सहजीकरणमा खोलिएको थियो ।

नौगाड गाउँपालिकाको आधारभुत अस्पताल जाने बाटो पनी त्यहि भएकाले स्थानीय एंव बिरामीहरुलाई समस्या भएको स्थानीयको गुनासो छ । सडक अवरुद्ध हुँदा यात्रा गर्न, निर्माण र खाद्य सामाग्री ढुवानी गर्न समेत समस्या भइरहेको बताइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?