दार्चुला । दार्चुलामा धारिलो हतियार (चक्कु) प्रहार बाट एक युवक गम्भीर घाईते भएका छन् । जिल्लाको महाकाली नगरपालिका ४ तिङकरखेडामा गएराति १२ बजे धारिलो हतियार प्रहार गरि पेटमा गम्भीर चोट लागेको अवस्थामा ब्याँस गाउँपालिका–२ का २४ वर्षीय सरोजसिंह धामी महाकाली–४ तिकरखेडामा भेट्टिएको प्रहरीले बताएको छ ।
घाईतेलाई प्रहरीले उपचारका लागि लगत्तै जिल्ला अस्पताल दार्चुला पुर्याएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एंव प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
घाईतेको पेटमा गम्भीर चोट लागेकोले सामान्य उपचारपछि डडेल्धुरा पठाएको प्रहरीले बताएको छ । प्रहरीले धामीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया