विद्युत् प्राधिकरणका सञ्चालक आचार्य र पुनलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

दार्चुला । सर्वोच्चले अदालतले विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाउने निणर्य कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आचार्य र पुनलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो ।

सरकारलाई असहयोग गरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुई जना सञ्चालकलाई पदमुक्त गर्नुभएको थियो । पदबाट हटाइएपछि उहाँहरू सर्वोच्च पुग्नुभएको थियो । सरकारले गएको आइतवार आचार्य र पुनलाई हटाएर उहाँहरूको ठाउँमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको थियो । आचार्य र पुनले उद्योगमा लाइन जोड्ने विषयमा असहमति जनाउँदै आउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?