दार्चुला । जिल्ला अदालत दार्चुलाका न्यायाधीश धु्रवकुमार ढकालको चितवन सरुवा भएको छ । शुक्रबार बसेको न्यायपरिषदको बैठकले न्यायाधीश ढकालको सरुवा गरेको हो ।
यस्तै न्यायपरिषदको निर्णय अनुसार दार्चुलामा न्यायधीशको जिम्मेवारी सिराहा जिल्ला अदालतमा कार्यरत पुष्पराज पाण्डेलाई दिइएको छ ।
दार्चुलाबाट सरुवा भएका ढकाल गत माघ १७ गते मात्रै दार्चुलाको न्यायाधीश भएर आएका थिए । ७ महिना दार्चुला बसेका न्यायाधीश ढकालले न्यायसम्पदानमा राम्रो काम गरेको अदालतका श्रेष्तेदार गणेशबहादुर विष्टले जानकारी दिनुभयो । चितवन जान लागेका ढकालको आइतबार (भोली) विदाई गरिने बताइएको छ ।
यस्तै बैतडी जिल्ला अदालतबाट हर्कबहादुर क्षेत्रीलाई काठमाडौं र कञ्चनपुरबाट चाणकमणि अर्याललाई रुपन्देही सरुवा गरिएको छ
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया