दार्चुला । दार्चुलामा भिरबाट लडेर एक महिला घाइते हुनुभएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ५ की ४० वर्षीया कुट्मा टमटा शनीबार (हिजो) उडालु भिरबाट खसेर घाईते भएको प्रहरीले बताएको छ ।
घाईते टमटाको छातीमा गम्भीर चोट लागेकाले गोकुलेश्वर अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी आज धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एंव प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया