धौलीगंगा बाँध पुनः २ दिन खोलिदै नदि तटिय क्षेत्रमा सर्तकता अपनाउन प्रशासनको आग्रह

दार्चुला । सिल्ट सफाई गर्न भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुनः २ दिन खोलिने भएको छ । एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला पिथौरागढले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्र अनुसार भदौ १ गते विहान ८ बजेदेखि भदौ २ गतेसम्म बाँध खुल्ला रहने जानकारी नेपाली प्रशासनलाई गराएको छ ।

बाँध खोलेपछी महाकाली नदीमा पानीको जलस्तर बढ्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ । परियोजनाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुल्ला गर्दै आइरहेको छ ।

बाँध खोलेपछी दार्चुलामा ब्याँस गाउँपालिका–५ धौलाकोट देखि लेकम गाउँपालिका–३ लालीसम्म तटीय क्षेत्रमा जोखिम हुने भएकाले सो क्षेत्रका नागरिकलाई सतर्क रहन प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले आग्रह गर्नु भएको छ । यसअघि पनी परियोजनाले विभिन्न समयमा बाँध खोलेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?