विपिन जोशीको रिहाईको माग गर्दै अनेरास्ववियु दार्चुलाद्धारा बृहत हस्ताक्षर संकलन

दार्चुला । इजरायलको गाजासीमा क्षेत्रमा गत असोज २० गते प्यालेस्टानी विद्रोही समुह (हमास) को आक्रमणमा परी बन्धक बनाएर राखिएका सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायअन्तर्गत स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी विपिन जोशीको रिहाईको लागि कुटनैतिक पहल गर्न अनेरास्ववियु जिल्ला कमिटी दार्चुलाले बृहत हस्ताक्षर संकलन गरेको छ ।

जिल्ला सदरमुकामा अवस्थित महेन्द्र नमुना मावि खंलगा र दार्चुला बहुमुखी क्याम्पसका विद्यार्थी तथा शिक्षकहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु लगायतको हस्ताक्षर संकलन गरिएको बताइएको छ ।

जोशीको रिहाईका लागि अनेरास्ववियुले देशब्यापी रुपमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको र सोहि निर्णयमाथि एकेबद्धता जनाउदै दार्चुलामा पनी हस्ताक्षर संकलन गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रशाद जोशीले जानकारी दिनुभयो ।

हस्ताक्षर संकलन गरि जोशीको कुटनैतिक पहलका लागि पहल गर्न अनुरोध सहित भोली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइने  अध्यक्ष जोशीले बताउनुभयो ।

गत वर्ष भदौ अन्तिम साता सहपाठीहरूसँगै इजरायल पुगेका जोशीलाई इजरायलको दक्षिणी क्षेत्रमा हमासले असोज २० गते अप्रत्याशित रुपमा हमला गरि बन्धक बनाएको थियो ।

इजरायल सरकारको सहयोगमा ‘लर्न एन्ड अर्न’ कायक्रममा गएका दार्चुलाका २ जना सहित सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको हमासको आक्रमणमा परि ज्यान गएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?