दार्चुला । दार्चुलामा बोलेरो जीप पल्टिएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्वर ८ धौकोट सडकमा बुधबार (आज) दिउसो करिब २ः३० बजे तिर जीप पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दुर्घटनामा परेको म १ ज २३९ नम्बरको बोलेरो जीपमा ६ जना यात्रु सवार रहेको बताइएको छ । प्रहरीका अनुसार चालक सुरेशसिंह धामीले चलाएको उक्त जीपमा सवार दुई जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा महाकाली नगरपालिका वडा नम्बर ८ घौकोट बस्ने ६८ वर्षीया कुडा देवी रैखोला र सोही ठाउँका ५० वर्षीय कम्मानसिंह भाट रहेका छन् । रैखोलाको कम्मरमा सामान्य चोट र भाटको बायाँ खुट्टामा सामान्य चोट लागेको र दुबैजना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
गाडीको बम्फर र सीसा टुटेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया