दुर्गादत्त,मिश्र दार्चुला । चालु आर्थिक वर्षको साउन १ गते –देखि भाद्र ७ गतेसम्म भन्सार कार्यालय दार्चुलाले लक्ष्यभन्दा आधा ३ लाख ६१ हजार ५९७ रुपैयाँ मात्रै राजस्व रकम संकलन गरेको छ ।
भन्सार कार्यालय दार्चुलाले दिएको तथ्याङ्क अनुसार साउन महिनामा मात्रै ५ लाख ४८ हजारको लक्ष्य राखिएकोमा २ लाख ८९ हजार ८९२ रुपैयाँ राजस्व रकम संकलन भएको भन्सार कार्यालय दार्चुलाका कार्यालय प्रमुख शिबचन्द्र प्रशाद ले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार जिल्लामा फुड क्वारेन्टिनको अभाव र भारतीय प्रशासनद्धारा बढि राजस्व संकलन हुने बस्तुहरुमाथीको प्रतिबन्ध लगायतले लक्ष्य अनुसारको राजस्व ( कर) संकलन हुन नसकेको बताइएको छ । यस्तै कार्यालयले भाद्र महिनाको ७ गतेसम्म ७१ हजार ७०५ रुपैयाँ राजस्व संकलन गरेको बताइएको छ । भाद्र महिना चाडपर्वको महिना भएपनी यस वर्ष मनसुन सक्रिय भई बर्षा हुदा चहलपहल घट्दा, फुड क्वारेन्टिन नहुदा लक्ष्य अनुसारको राजस्व संकलन नभएको बताइएको छ ।
कार्यालयले पटक–पटक भन्सार विभाग, क्षेत्रिय तथा जिल्लास्तरका निकायहरुसंग फुड क्वारेन्टिन माग गर्दा पनी आवश्यक सुनवाई नहुदा लक्ष्य अनुसार राजस्व रकम संकलन नभएको कार्यालय प्रमुख प्रशादको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया