दुर्गादत्त, मिश्र दार्चुला । दार्चुला तथा बैतडीका विभिन्न स्थानबाट लागुऔषध सहित चार जना प्रकाउ परेका छन् ।
जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट भाद्र ७ गते रातीको समयमा वडा नम्बर ९ कै बिरेन्द्र चन्द, जगदिश कोली र सुरज महर ९८० मिलिग्राम लागुऔषध (खैरो हिरोइनसहित) बजार क्षेत्रबाटै प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका पहरी निरीक्षक एंव सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
यस्तै अपिहिमाल गाउँपालिका–५ का ४६ वर्षीय दानसिंह धामी बैतडीको डिलाशैनी गाउँपालिका २ गन्नाबाट ७ सय ५० ग्राम चरेशसहित बैतडी प्रहरीले प्रकाउ गरेको बताइएको छ ।
प्रकाउ परेका चारै जना माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया