दार्चुला । नेकपा (एमाले) पोलिटब्युरो सदस्य एबं पूर्वमन्त्री गणेश सिंह ठगुन्ना दार्चुला इन्चार्जको जिम्मेवारी पाएपछि गृहजिल्ला दार्चुला आउनुभएको छ । जिल्ला इन्चार्जको जिम्मेवारीपछि दार्चुला आउनुभएका नेता ठगुन्नालाई नेकपा (एमाले) दार्चुलाले पार्टी कार्यालयमा बधाई ज्ञापनसहित स्वागत गरिएको जिल्ला कमिटी सदस्य गोबिन्द सिंह धामीले जानकारी दिनुभयो । स्वागत कार्यक्रममा एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्ती सहित जिल्लाका नेताहरु र प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।
नेता ठगुन्नाको स्वागत गरिएकै कार्यक्रमको अवसरमा माओवादी केन्द्र निकट वाइसियलका नेता नौगाड गाउँपालिका वडा नम्बर ६ गडिगाड बस्ने भरत सिंह धामीले समेत एमालेमा प्रवेस गरेको उहाँले बताउनुभयो । एमाले प्रवेस गरेका धामीलाई खादा र अबिर लगाएर नेताहरुले स्वागत गरेका छन् ।
गत वर्ष कैलाली जिल्ला इन्चार्जको जिम्मेवारीमा खटाइएका नेता ठगुन्नालाई उक्त एक वर्षे कार्यअवधि पुरा भएपछि फेरी गृहजिल्ला दार्चुलाको इन्चार्जको जिम्मेवारी दिइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया