मनसुन भित्रिएयता २१० जनाको मृत्यु, ५२ बेपत्ता

दार्चुला । यस वर्षको मनसुन शुरू भएपछि अर्थात् गएको जेठ २८ गतेदेखि अहिलेसम्म देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी २ सय १० जनाको ज्यान गएको छ ।

यी घटनामा २ सय ७२ जना घाइते भएका प्रहरीले जनाएको छ । बाढी, पहिरोमा परेकामध्ये ५२ जना बेपत्ता भएका छन् ।

बाढीका कारण ४ सय ८ वटा घर डुबानमा परेका छन् । यस्तै ३ सय ६५ वटा घर, १ सय २६ वटा गोठ, ५३ वटा पुल, ७ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

विपद्मा परी ९ सय ७२ वटा पशुचौपाया मरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?