महाकाली नदीमा हाम फालेर नौगाडकी अनिशा टमटा बेपत्ता

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–४ रिङनताल आसपासबाट महाकाली नदीमा हाम फालेर एक किसोरी  बेपत्ता हुनुभएको छ ।

नौगाड–सिप्टी घर भई जिल्ला सदरमुकाम खंलगामा कोठा गरि बस्दै आएकि नौगाड–४ सिप्टीकि १७ वर्षिया अनिशा टमटाले बिहिवार (आज) दिउँसो रिङनताल नजिकैबाट महाकाली नदिमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

टमटा र उहाकि आमा सगैं हिडिरहेको बेला एक्कासी अनिशाले महाकालीमा हाम फालेको प्रत्यक्षदर्शीहरुबाट बुझिएको प्रहरीले बताएको छ ।

बेपत्ता टमटाको खोजि कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?