ब्राउन सुगर सहित गोकुलेश्वरबाट दुई जना पक्राउ

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट लागु औषध ब्राउन सुगर सहित दुई जना प्रकाउ परेका छन् ।

लेकम–२ पिपलकोटका १८ वर्षिय सन्तोश जोशीको कोठामा लुकाई राखेको अवस्थामा ४ सय मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोलीले शैल्यशिखर–९का १९ वर्षिय राम बहादुर चन्द र लेकम–२ का सन्तोष जोशीलाई  प्रकाउ गरेको  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

प्रकाउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय खंलगा लगिदै छ । यसअधि भदौ ९ गते ९८० मिलिग्राम ब्राउन सुगरसहित तीन जना गोकुलेश्वरबाटै प्रकाउ परेका थिए ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?