पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीद्धारा मार्मामा अवलोकन तथा बाढीपहिरो पीडितसंग भेटघाट (भिडियो)

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा बाढीपहिरो पीडित परिवार समस्यामा परेका छन् । मार्मामा साउन महिनामा आएको बाढी पहिरोबाट ३६ परिवार प्रभावित भएका छन् । मार्मा गाउँपालिका वडा नम्बर ४ मर्मतीका २३ परिवार वडा नम्बर ५ गन्याडीका ६ र मुरैका २ परिवार, वडा नम्बर ६ का ३ र वडा नम्बर ३ का २ परिवार गरी ३६ परिवार यो वर्ष बाढी पहिरोको चपेटामा परेको गाउँपालिकाले जनाएको छ । बाढीपहिरो पीडितले राहत र पुनःस्थापनाको माग गरिरहेका छन् । अहिले उनिहरु स्थानीय विद्यालय र आफन्तकोमा बसेर रात बिताइरहेका छन् ।

बाढी पहिरोले पशु धनको क्षति भएको र अहिलेकै अवस्थामा हिउँदमा समेत घरमा बस्न सकिने स्थिति नरहेको मर्मतीका चन्द्रा बिष्टले बताउनुभयो । घर तलबाट चमेलिया नदीले कटान गरिरहेको र माथिबाट पहिरोले च्यापेपछि बिचल्ली भएको उहाँको भनाई छ । खानबस्नै समस्या भएको तथा पहिरोले त्रिपालमुनीको बास भएको बिष्ट दम्पत्तीको दुखेसो छ । मर्मतीकै हेमन्ती बिष्टले श्रीमान बिदेशमा रहेको र घरमा बालबच्चासहित बसिरहेको बेला मध्यराती बाढी पहिरोले च्यापेपछि सास्ती भोग्नुपरेको र आफन्तकोमा बसेर रात बिताइरहेको बताउनुभयो ।

बाढी पहिरोले मर्मती गाउँमा सबैभन्दा बढी क्षति पुर्याएको छ । निर्माणाधिन तपोवन मुरै निम्ठा सडकको कारण बाढी पहिरो निम्तिएको स्थानीय भिमराज बिष्टले बताउनुभयो । मर्मती गाउँमा मात्रै २३ परिवार प्रभावित भएकोमा तिमध्ये झण्डै १० परिवार विस्थापित भएको उहाँको भनाई छ । राति १२ बजे आएको पहिरोले घरभित्रको सामान र पशुचौपाया निकाल्न नसकेको र पशु प्रहरीको सहयोगमा दोस्रो दिन निकालेपनि अझै कतिपय सामान पहिरो भित्रै रहेको उहाँको भनाई छ । पालिका, प्रदेश र केन्द्र सरकारकाबाट ठूलो सहयोगको अपेक्षा गरेपनि अहिलेसम्म उचित सम्बोधन हुन नसकेको स्थानीय दानबहादुर बिष्टले बताउनुभयो ।

बाढीपहिरो प्रभावित क्षेत्रमा भदौ १४ गते शुक्रबार पूर्वमन्त्री एबं एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना नेतृत्वको टोली र केही दिन पहिले दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडू, मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरि स्थानीयसंग भेटघाट गरेका छन् । स्थलगत अवलोकन गर्नुका साथै स्थानीयको दुःख पीडा सुनिसकेपछि पूर्वमन्त्री ठगुन्नाले पीडितलाई राहतको व्यवस्थाका लागि आफुहरु सबै लागिपरेको बताउनुभयो । तत्काल सुरक्षित बसेर ज्यान जोगाउने, खान बस्नै समस्या भए व्यवस्थापन गरिने, पहिरोको व्यवस्थापन र राहत पुनःस्थापनाका लागि पहल भइरहेको उहाँले बताउनुभयो । प्रधानमनन्त्री, अर्थमन्त्री, गृहमन्त्री र उर्जा मन्त्रीलाई भेटेर बाढी पहिरो पीडितको राहत र पुनःस्थापनाका लागि माग गरिएको र सरकारले छिटो उचित सम्बोधन गर्नुपर्ने उहाँको भनाई छ ।

नेता ठगुन्ना नेतृत्वको अवलोकन टोलीमा एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश कमिटी सदस्य प्रेम सिंह धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती लगायत पदाधिकारी, शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडायत लगायत जनप्रतिनिधि, स्थानीय नेता, कार्यकर्ताहरूको सहभागीता रहेको थियोे । बाढी पहिरो प्रभावित क्षेत्रमा अवलोकन गरेकोमा स्थानीयबासीले धन्यवाद ज्ञापन गर्दै राहत र पुन:स्थापनाका लागि माग गरेका छन् ।

स्थलगत रिपोर्ट तथा भिडियो हेर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?