दार्चुला । नेकपा (एमाले) दार्चुलाको सचिवालय बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । आइतबार (आज) एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षता र पोलिटब्युरो सदस्य एबं जिल्ला इन्चार्ज गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा बसेकाे बैठक सम्पन्न भएको जिल्ला कमिटी सचिव उमेशराज जोशीले  जानकारी दिनुभयो ।

बैठकमा पालिका कमिटी अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत गरिएको थियो । यस्तै अगामि बैठकमा पेस गर्न पार्टीका विभिन्न विभागीय प्रमुखहरूले कार्ययोजना तयार गर्ने निर्णय गरिएको छ । दुहुँ गाउँपालिका वडा नम्बर ५ को उप-निर्वाचनलाई लक्षित गरि जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी पदाधिकारी सहित सचिवालय सदस्यहरू, सल्लाहकार परिषद् अध्यक्ष, पालिका कमिटी अध्यक्षहरू र लेखा समिति पदाधिकारी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?