दार्चुलामा कांग्रेस र माओवादी परित्याग गरि पाँच जना एमालेमा प्रवेश

दार्चुला ।  दार्चुला सदरमुकाम खलंगामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) परित्याग गरि पाँच जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नवप्रवेसी पाँचै जनालाई खादा र अबिर टीका लगाउदै एमालेमा स्वागत गरिएको जिल्ला कमिटी सचिव उमेश राज जोशीले बताउनुभयो ।

महाकाली नगरपालिका वडा नम्बर ४ का अमर सिंह पार्की (कांग्रेस), सावित्री कुवर (माओवादी), बिमला कामी (माओवादी), नरेन्द्र कामी (कांग्रेस) र बसन्ती पार्की (कांग्रेस) पार्टी परित्याग गरि एमालेमा प्रवेस गरेको उहाँले बताउनुभयो । नेकपा (एमाले) दार्चुलाको सचिवालय बैठक बसिरहेको बेला आइतबार (आज) एमाले पोलिटब्युरो सदस्य एबं जिल्ला इन्चार्ज गणेशसिंह ठगुन्ना, केन्द्रीय सदस्य हरदेब जोशी, प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती लगायत पदाधिकारीले उनिहरूलाई एमालेमा स्वागत गरेका हुन् ।

यसैबीच एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षता र पोलिटब्युरो सदस्य एबं जिल्ला इन्चार्ज गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा बसेकाे सचिवालय बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकमा पालिका कमिटी अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत गरिएको थियो । यस्तै अगामि बैठकमा पेस गर्न पार्टीका विभिन्न विभागीय प्रमुखहरूले कार्ययोजना तयार गर्ने निर्णय गरिएको छ । दुहुँ गाउँपालिका वडा नम्बर ५ को उप-निर्वाचनलाई लक्षित गरि जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?