दुर्गादत्त मिश्र, दार्चुला । पस्ती स्पोट्स क्लबको आयोजना तथा मालिकार्जुन गाउँपालिकाको सहयोगमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ शंकरपुर मावि पस्तीको खेलमैदानमा भाद्र ११ गतेबाट सञ्चालन भएको तेस्रो अध्यक्ष कप खुल्ला वडा स्तरिय क्रिकेट प्रतियोगितामा मंगलवार (हिजो) सम्पन्न भएको छ ।
१५ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा नगद ५५ हजार ५५५ रुपैयाँ सहित महाकाली वडा नम्बर १ को टिमले उपाधी हात पारेको छ । यस्तै आयोजक पस्ती स्पोट्स क्लब पस्तीले नगद २४ हजार ४४४ रुपैयाँ सहित द्वितिय स्थान पाप्त गरेको मालिकार्जुन गाउँपालिकाका रोजगार सहायक राम सिंह धामीले जानकारी दिनुभयो ।
हिजो भएको फाइनल खेलमा आयोजक पस्ती स्पोट्स क्लबले दिएको ८८ रनको लक्ष्य महाकाली–१ ले ५ विकेटको क्षतीमा ९ ओभरमा पाप्त गरेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया